अर्घाखाँची अस्पतालमा श्रीमतीको मृत्यु भएपछि बेपत्ता श्रीमान अड्गुरीमा फेला परे


लक्ष्मण घिमिरे 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला अस्पतालमा श्रीमतीको मृत्युको खबर पाएको केहीबेरमै सम्पर्कविहिन भएका श्रीमान  सम्पर्कमा आएका छैन् ।
जलुके घर भई भई ठाडाको भेडामारे पेट्रोलपम्प नजिकै होटल व्यवसाय सञ्चालन गर्दै आएका बिष्णु आचार्यकी श्रीमती २३ वर्षिय शोभा आचार्यको अर्घाखाँची अस्पतालमा कोरोना संक्रमणका कारण आईतवार बिहान ४ बजे मृत्यु भएको थियो । 
आचार्यलाई अड्गुरीमा देखिएको स्थानियले बताएका छन् । पाणिनीको गाउँपालिकाको अड्गुरीमा रहेको विद्याविनोद मावी नजिकै पानीमा भिजेको अवस्थामा स्थानियले देखेको त्यहाँबाट नारायण न्यौपानेले जानकारी दिएका छन् ।
न्यौपानेले भने- ‘म बारीमा हातेट्र्याक्टरले जोत्न जाँदै थिएँ । मैले उनलाई  दिउँसो दुई बजेको समयमा भन्ज्याङ्गको चौपारीमा बसिरहेको देखें । कोरोना महामारीका बेला अपरिचित मान्छे देखेपछी मैले सोधें । उनले भारतबाट आएको बताए । मैले घर कहाँ हो भनी सोधें । उनले अर्घाखाँची भने । अर्घाखाँची कहाँ भनेर मैले फेरी सोधें । उनले जवाफ फर्काएनन् । मैले अलपत्र पर्नुभएको हो भने, केही समस्या छ भने भन्नुस् म सहयोग गर्छु भनें । तर उहाँ बोल्दै बोल्नुभएन । यसरी बाटोमा नबस्नुस्, भारतबाट आएको मान्छे घरमा जानुस् भन्दै म झरें । एकछिनमा म फेरी निस्कदा उनी रुंदै बसेका थिए । मैलै के समस्या पर्‍योे भनेर फेरी सोधें । उनी रोई मात्र रहे । मैले नै शायद केही गल्ती बोलेछु की भन्ने भयो । मैले उनलाई फेरी कोट्याएँ । कहाँ हो घर ? हिंड्नुस म पुर्‍याईदिन्छु भनें । उहाँले म जान्छु भन्नुभयो । अनी जङ्गलको बाटो लाग्नुभयो । बाटो त यता छ भनेर मैले भन्दा उहाँले आएको बाटो म फर्किन्न भन्नुभयो । त्यसपछी पनी उहाँ यतैको गाउँमा हुनुहुन्छ भन्ने खबर पाएँ । को होला त्यो मान्छे भन्ने सोंचिरहेको थिएँ त्यसैबेला फेसबुकमा समाचार देखें र सम्पर्क गरें । उहाँलाई त्यस्तो परेको रैछ मलाई पहिलानै थाहा भएन । नत्र खबर गर्न हुन्थ्यो ।’
श्रीमतीको मृत्युको खबर पाएपछी उनी अस्पताल परिसरबाटै सम्पर्कविहिन भएका थिए । त्यसपछी उनी परिवारजन, आफन्त, ईष्टमित्रसंग सम्पर्कमा आएका थिएनन् ।