अर्घाखाँचीडट्कम संवाददाता
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सिद्धारामा रहेको इलाका प्रहरी कार्यालय भवनमा जस्ता पाता फेरिने भएको छ ।
वर्षा हुँदा पानी चुहिने इलाका प्रहरी कार्यालय सिद्धाराको जीण भवनमा शितगंगा नगरपालिकाको सहयोगमा जस्ता पाता फेरिने भएको हो । योसँगै यस कार्यालयमा अब विगतका सालकाे झरीमा कार्यालयभित्रै छाता ओडेर बस्न पर्ने छैन् ।
इलाका प्रहरी कार्यालय भवनमा जस्ता पाता फेर्नको लागि नगर तत्कालै १ लाख ५० हजारमा काम अगाडि बढेको छ ।
भवनमा जस्ता पाता फेर्नको लागि इलाका प्रहरी कार्यालय प्रमुख चुलाही चाैधरी, गोबिन्द रसाईली, चाेप बहादुर कुँवर र चुमान सिह परियार तथा नगर प्रमुख सुर्य प्रसाद अधिकारी र उप प्रमुख टीका रेस्मी लगायत सहभागी नगर बैठकले १ लाख अपुग रकम उपलब्ध गराउने भएको छ ।
गोबिन्द रसाईलीका अनुसार; कुल एक लाखमा एक लाखले नपुग्ने भएपछि आधा टिन लगाउने याेजना रहेको र शितगंगा नगरपालिका वार्ड नं १० का वडाअध्यक्ष हिम्मत पाेख्रेलको पहलमा बसेकाे नगर बैठकले अपुग पैसा उपलब्ध गराउने निर्णय गरेको हो ।
यसभन्दा पहिले थुप्रै पटक स्थानीय नेता र जनप्रतिनिधिलाई जस्ता पाता मात्रै भएपनि उपलब्ध गराउन अनुरोध गरेता पनि कसैले चासो दिएका थिएनन् ।
इलाका प्रहरी कार्यालय सिद्धारामा दरबन्दी २३ जनाको भएता पनि हाल ७ जना प्रहरी कार्यरत छन् ।