प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस

मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन अन्त्य गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ।
अहिले साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको काम चलाउ सरकारको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो। सेतोपाटीमा समाचार छ । 
प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल हुनुभएको छ । प्रतिनिधि सभाको बहुमत सदस्यको विश्वास गुमाएसँगै उहाँको नेतृत्वमा रहेको सरकार गिरेको छ ।

प्रधानमन्त्री ओलीले आज बसेको प्रतिनिधि सभाको बैठकमा आफूलाई प्रतिनिधि सभाका सदस्यहरुको विश्वास रहेको छ भन्ने प्रस्ताव राख्नुभएको थियो । तर उहाँले आफ्नै पार्टी एमालेकै पनि पूरै मत पाउन सक्नुभएन ।

प्रतिनिधि सभाले दिएन प्रधानमन्त्री ओलीलाई विश्वासको मत, नयाँ सरकार निर्माणको बाटोमा मुलुक उहाँले उपस्थित २ सय ३२ मध्ये जम्मा ९३ मत मात्र पाउनुभएको छ । यस्तै उहाँको विपक्षमा १ सय २४ मत पर्दा तठस्थमा १५ मत परेको छ ।

उहाँका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मत दिनुभयो ।

प्रधानमन्त्री ओलीलाई भने उहाँकै पार्टी एमालेको उहाँ पक्षीय सांसदले मात्रै मत दिएका थिए । एमालेकै माधव नेपाल पक्षका सांसदहरुले भने बैठकमा उपस्थित नहुने निर्णय गरेका थिए ।

नेकपा विघटित भई नेकपा एमाले ब्युतिएसँगै उक्त पार्टीमा अध्यक्ष ओली र नेता नेपाल पक्षबीच किचलो चर्किएको छ । ओलीले नेपाल पक्षका नेता कार्यकर्तामाथि कार्वाहीको सिलसिला चलाउनुभएको छ भने नेपाल पक्षले समानान्तर गतिविधि गर्दै आएको छ ।

प्रतिनिधि सभाले दिएन प्रधानमन्त्री ओलीलाई विश्वासको मत, नयाँ सरकार निर्माणको बाटोमा मुलुक यस्तोमा विश्वासको मत लिने भए पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट सञ्चालन गर्नुपर्ने, आफ्ना पक्षका नेता कार्यकर्तामाथि गरिएको कार्वाही फिर्ता लिनुपर्ने माग नेपाल पक्षले राखेको थियो । तर अध्यक्ष ओलीले नमान्दा नेपाल पक्षका सांसदले बैठकमै उपस्थित नहुने निर्णय गरेका थिए ।

ओलीले संसदबाट विश्वासको मत नपाएसँगै मुलुक नयाँ सरकार निर्माणको बाटोमा लागेको छ । अब संविधानको धारा ७६ अन्तर्गत उपधारा २ अनुसारको सरकार बनाउनुपर्ने माग विपक्षी दलहरुले राखिरहेका छन् ।

तर राष्ट्रपतिले सरकार गठनका लागि कसरी आह्वान गर्नुहुन्छ भन्नेतर्फ सबैको ध्यान गएको छ । इमेजखबरमा समाचारर छ ।