अर्घाखाँचीमा दिन प्रतिदिन कोरोना संक्रमित घटदै, आज १० जना मात्र थपिए


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमित थपिएका छन् ।  जुन लकडाउन शुरु भएपछि पहिलो पटक कमी आएको हो । यसअगाडि ४० जना माथि दैनिक संक्रमित थपिएका थिए ।    
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ४८४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २२८ जना, भूमिकास्थान नगरपालिकामा १३९,  शितगंगा नगरपालिकामा १९,   मालारानी गाउँपालिकामा ३७,  पाणिनी गाउँपालिकामा २२  र छत्रदेव गाउँपालिकामा ३९ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या १३२४ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६२०  जना, भूमिकास्थान नगरपालिकामा २८४, शितगंगा नगरपालिकामा १३६, मालारानी गाउँपालिकामा १३२,  पाणिनी गाउँपालिकामा ५८  र छत्रदेव गाउँपालिकामा ९४  जना संक्रमित रहेका छन् ।   
जिल्लामा गत वर्षदेखि आजसम्म  ८०९  जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ३८३  जना, भूमिकास्थान नगरपालिकामा १३९,  शितगंगा नगरपालिकामा ११०, मालारानी गाउँपालिकामा ८९,   पाणिनी गाउँपालिकामा ३३   र छत्रदेव गाउँपालिकामा ५५ जनाले कोरोनालाई जितेका हुन् ।
काेराेना संक्रमणका कारण जिल्लामा हालसम्म ३३  जनाको ज्यान गएको छ । 
सोमबार कोरोना विवरण यस्तो छ: