दलहरु नयाँ सरकार गठनको कसरतमा, जनता समाजवादी पार्टी दुई कित्तामा


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि दलहरु नयाँ सरकार गठनका छलफलमा जुटेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो प्रतिनिधि सभाको बैठकमा विश्वासको मत पाउन नसकेपछि राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा (२) अनुसार वहुमतको सरकार गठनका लागि दलहरुलाई आह्वान गर्नुभएको हो ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले बहुमतीय सरकार गठनका लागि आज छलफल गर्न लागेका छन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा दिउँसो बैठक बस्ने बताइएको छ ।
बैठकमा एमालेको झलनाथ खनाल—माधव नेपाल पक्षलाई पनि आमन्त्रण गरिएको छ ।
विपक्षी दलले सरकार गठनको प्रयास थालेपनि हिजोको मत विभाजनलाई आधार मान्दा नयाँ सरकार बन्न सक्ने अवस्था देखिएको छैन् ।
बहुमतका लागि कायम सदस्य संख्याको बहुमत संख्या १ सय ३६ मत पु¥याउनुपर्ने अवस्था छ । तर मतविभाजनलाई आधार मान्दा गठबन्धनलाई अझै १२ मत आवश्यक देखिन्छ ।
संविधानको धारा ७६ (२) बमोजिम बन्ने सरकारको प्रधानमन्त्रीले संसद्मा ३० दिनभित्र फेरि विश्वासको मत भने लिनुपर्छ ।
नभए फेरि संविधानको धारा ७६ (३) अनुसार प्रतिनिधि सभामा रहेको सबैभन्दा ठूलो दलको संसद्ीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्न सक्ने प्रवाधान रहेको छ । इमेजच्यानलमा समाचार छ ।