पाणिनीका गोपाल भट्टराईले जन्मदिनको अवसरमा पिडितको लागि २० हजार आर्थिक सहयोग


दीपक भूसाल 
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका पाणिनी गाँउपालिका वार्ड नं ३ दुर्गाफाँटका एक युवाले जन्मदिनको अवसरमा पिडितको लागि आर्थिक सहयोग गरेका छन् । 
पाणिनी पर्यटन समाज अर्घाखाँची साउदी अरव प्रमुख एक वरिष्ठ समाजसेवी गोपाल भट्टराईले ३९ वर्षमा प्रवेश गरेको अवसरमा डिआरजी सुमन फ़ैन्स कल्वको आपत्कालिन कोषमा रु २० हजार आर्थिक सहयोग गरेका हुन् । उनी डिआरजी सुमन फ़ैन्स कल्वका सदस्य पनि हुन् ।
उता भट्टराईले समय समयमा जिल्लाका विपन्न वर्गलाई सहयोग गर्दै पनि आएका छन् । साथै पीडितको लागि स्थापना गरेको आपत्कालिन कोषमा आर्थिक सहयोग गरेको भन्दै डिआरजी सुमनले धन्यवाद व्यक्त गर्नुभएको छ ।   

अन्य समाचारहरु