अर्घाखाँचीमा कोरोना संक्रमणका कारण निजामती कर्मचारी यूनियनका उपाध्यक्षको निधन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना संक्रमित अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनका नेपाल निजामती कर्मचारी यूनियन अर्घाखाँचीका उपाध्यक्ष तथा डिभिजन वन कार्यालय अर्घाखाँचीमा कार्यरत कर्मचारीको  निधन भएको छ ।   
 
अर्घाखाँची अस्पतालमा उपचारको क्रममा नेपाल निजामती कर्मचारी यूनियन अर्घाखाँचीका उपाध्यक्ष तथा डिभिजन वन कार्यालय अर्घाखाँचीमा कार्यरत ४२ वर्षिय लक्ष्मण खनालको मंगलबार निधन भएको हो ।  
लक्ष्मण खनाललाई वैशाख २१ गते पोजेटिभ रिपोर्ट आएकोमा वैशाख २१ देखि २५ सम्म घरमै आइसोलेसन बसी वैशाख २६ गते जिल्ला अस्पतालमा भर्ना भएका थिए । उनको आज मंगलवार १२ः३० बजे निधन भएको हो । 
उता अर्घाखाँचीडट्कमको रेकर्ड अनुसार काेराेना संक्रमणका कारण जिल्लामा हालसम्म ३५ जनाको ज्यान गएको छ ।