ठाडा र ढिकुराका २ जनाको काेराेना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लामा काेराेना संक्रमणका कारण २ जनाको निधन भएको छ ।
पत्रकार तथा राजनीतिक विश्लेषक हरि प्रसाद भुसालले अर्घाखाँचीडट्कमलाई  दिएको जानकारी अनुसार काेराेना संक्रमणका कारण निधन हुनेमा शितगंगा नगरपालिका वार्ड नं ४ ठाडाको काेप्चेवासका  ६२ वर्षिय महेन्द्र पाण्डे तथा भुमिकास्थान  नगरपालिका वार्ड नम्बर ९ ढिकुराकाे काफ्लेका  ५६ वर्षिय जनक बहादुर पालुंगे रहेका छन् । 
मृतक पालुंगेकाे उपचारकाे लागि अस्पताल ल्याउदै गर्दा ज्यान गएकाे हाे । घरबाट उपचारकाे लागि अस्पताल आउनासाथ पालुंगेलाई डाक्टरले मृत घाेषणा गरेका थिए ।
साथै अर्घाखाँची अस्पतालमा १८ जना काेराेना संक्रमित उपचाररत रहेकाेमा आज एकैदिन २ जनाले ज्यान गुमाएका छन् ।
पछिल्लो समय अर्घाखाँचीमा काेराेना संक्रमणका कारण मर्नेहरुको संख्या बढेको छ ।                
उता जिल्लामा  काेराेना संक्रमणका कारण गत वर्षदेखि आजसम्म ३६ जनाको ज्यान गएको छ ।