अर्घाखाँचीमा कोरोना संक्रमित दरमा कमी आयो, आज २८ जना थपिए, २० जनाले जिते (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप २८ जनामा कोरोना संक्रमित थपिएका छन् ।   जुन पहिलो पटक कमी आएको हो । यसअगाडि 35, ४० जना माथि दैनिक संक्रमित थपिएका थिए ।   
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या ५७३ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा २८० जना, भूमिकास्थान नगरपालिकामा १५२,  शितगंगा नगरपालिकामा २५,   मालारानी गाउँपालिकामा ४७,   पाणिनी गाउँपालिकामा २६,  र छत्रदेव गाउँपालिकामा ४३ जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या १४७१ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ७०३  जना, भूमिकास्थान नगरपालिकामा ३०५, शितगंगा नगरपालिकामा १४८, मालारानी गाउँपालिकामा १४७,  पाणिनी गाउँपालिकामा ६४,   र छत्रदेव गाउँपालिकामा १०४ जना संक्रमित रहेका छन् ।   
पछिल्लो २४ घण्टामा २० जनाले कोरोना जितेका छन्। जिल्लामा गत वर्षदेखि आजसम्म  ८६२  जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ४१२  जना, भूमिकास्थान नगरपालिकामा १४६,  शितगंगा नगरपालिकामा ११५,  मालारानी गाउँपालिकामा ९३,    पाणिनी गाउँपालिकामा ३५   र छत्रदेव गाउँपालिकामा ६१ जनाले कोरोनालाई जितेका हुन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा हालसम्म ३६  जनाको ज्यान गएको छ । 
बिहीवारको कोरोना विवरण यस्तो छ: