कमला घिमिरे | अर्घाखाँचीडट्कम संवाददाता
मैदान, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ५ मैदानमा रहेको स्वास्थ्य चौकीलाई कोरोना अस्थायी अस्पताल बनाइएको छ ।
मैदान स्वास्थ्य चौकीलाई ५ शैयाबाट विस्तार र स्तरोन्नती गर्दै १५ शैयाको कोरोना अस्थायी अस्पताल बनाइएको हो ।
गाउँपालिकाका अध्यक्ष अच्युत गाैतमले डट्कमलाई बताए अनुसार गाउँपालिकाले अस्पताल सञ्चालनमा आर्थिक, भौतिक सहयोग गर्नेछ । साथै अबदेखि यहाँका कोरोना संक्रमितलाई पालिका बाहिर जान नपर्ने भएको छ ।
अक्सिजन सिलिण्डर र ल्याबको सुविधा रहेको मैदान स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टर समेत रहेका छन्।