अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा जारी निषेधाज्ञा जेष्ठ १० गतेसम्म लम्बिएको छ।
सन्धिखर्कमा डिसिसिएमसी बैठकले जारी निषेधाज्ञालाई जेष्ठ १० गतेसम्म लम्बिएको निर्यण गरेको हो ।
बैशाख २० गते राती १२ देखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको थियो । संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै पुन: थप १० दिन जेष्ठ १० गते राती १२ बजे सम्मको लागी बढाउने निर्णय गरेको छ।
साथै बैठकले अत्यावश्यक काम बाहेक कहिँ कतै बाहिर ननिस्कन तथा सामान्य लक्षण देखिएमा स्वास्थ केन्द्र जान सबैमा अनुरोध गरेको छ।