टोपबहादुर रायमाझीले साँढे ४ महिनामा तेस्रो पटक ऊर्जा मन्त्रीको पदमा सपथ लिए


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीका टोपबहादुर रायमाझीले साँढे ४ महिनाको अन्तरालमा तेस्रो पटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा पद तथा गोपनीयताको पुनः सपथ लिएका छन्।
रायमाझीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शितलनिवासमा पहिलेकै मन्त्रालय  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा  पद तथा गोपनीयताको पुनः सपथ लिएका हुन् । यस अघि २०७७ पौष १० गते शुक्रवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका रायमाझी सांसदबाट पदमुक्त भएपछि गत २०७७ चैत्र २७, शुक्रवार पुन: मन्त्री भएका थिए । 
संघीय सांसद नरहेका व्यक्तिलाई प्रधानमन्त्रीले ६ महिनाका लागि मन्त्री बनाउन सक्ने संवैधानिक व्यवस्था छ।
२०७४ सालमा भएको प्रतिनिधिसभाको चुनावमा अर्घाखाँची जिल्लाबाट सांसद बनेका उर्जामन्त्री टोपबहादुर रायमाझी औपचारिक रुपमा चैत्र २६ गते विहीवार पदमुक्त भएका थिए । योसँगै अर्घाखाँचीमा सांसद पद रिक्त भएको छ । प्रतिनिधि सभा सदस्यमा २०७४ म‌सिर २५ गते सोमवार विजयी भएका रायमाझीको सांसद पद ३ वर्ष ३ महिना २८ दिनपछि गुमेको छ । 
नेकपा माओवादी केन्द्रले पार्टी त्यागेको करिव एक महिनापछि नेकपा एमाले प्रवेश गरेका उर्जा जलश्राेत तथा सिंचाइ मन्त्री टाेपबहादुर रायमाझी लगायतका नेताहरुलाई प्रतिनिधिसभाको बिहीबारको बैठकमा सभामुख अग्निप्रासद सापकोटाले माओवादी केन्द्रले पठाएको पत्र पढेर सुनाएपछि  सांसद पदबाट मुक्त भएका थिए । 
रायमाझी रायमाझीको बारेमा:
अर्घाखाँचीडट्कमको पुरानो रेकर्ड अनुसार २०१७ सालको कात्तिकमा अर्घाखाँचीको अर्घा फलेपतमा जन्मिएका टोपबहादुर रायमाझीले २०७० म‌सिरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा अर्घाखाँची जिल्ला क्षेत्र नं. १ बाट एकीकृत नेकपा माओवादीका तर्फबाट  १२२८६ मत प्राप्त गरेर विजयी भएका थिए । प्रतिद्वन्दी नेपाली काँग्रेसले ११२३४ मत ल्याएको छ भने एमाले १०२४० मतका साथ तेश्रो स्थानमा रहेको थियो । रायमाझीले  प्रतिद्वन्दी नेपाली काँग्रेसका डा. राम बहादुर वि.सी.लाई करीव एक हजार मतले पराजित गर्दै विजयी भएका थिए । यस्तै २०७४ मंसिर २१ र २३ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बाम गठबन्धन (नेकपा माओवादी केन्द्र)बाट प्रतिनिधि सभा सदस्यमा टोप बहादुर रायमाझी ले ५०८३७ मत लिई विजयी भएका थिए । रायमाझीले  कांग्रेसका उम्मेदवार डा. राम बहादुर बि.सीलाई १८,२९३ मन्तारले जितेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बि.सीले ३२,५४४ मत पाएका थिए । प्रतिद्वन्द्वी कांग्रेसका डा. रामबहादुर विसीलाई द्रोसो पटक पनी पराजय गरेका थिए । डा. वि.सी २०७० सालमा झिनो मतान्तरले पराजय हुदैँ रायमाझीले जित हात पारेका थिए । यस्तै २०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा रायमाझी अर्घाखाँची १ बाट सांसद भएका थिए । साथै साँढे ४ महिनाको अन्तरालमा तेस्रो पटक ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका थिए । २०७७ पौष १० गते शुक्रवार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भएका रायमाझी सांसदबाट पदमुक्त भएपछि गत २०७७ चैत्र २७, शुक्रवार र केपी ओली सरकार ढलेपछि कसैले बहुमत ल्याउन नसकेपछि २०७८ वैशाख ३१, शुक्रवार पुन: मन्त्री भएका थिए ।