अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड न.८ अर्घातोषको चिदीपानीमा व्यवसाय सञ्चालन गर्दै आउनुभएका विष्णु बसेलले मोबाइल बैकिङ्ग सञ्चालन गर्ने क्रममा उहाँको मोबाइलमा पहिलो पटक बैकको म्यासेज आयो । तपाईंको खाताबाट रु.१०८० कटौती गरिएको छ।
त्यसैगरी दोस्रो, तेस्रो र चौथो पटक-पटक गरि उहाँको खाताबाट रु .४५८० कटौती भएको म्यासेज आयो। उहाँका अनुसार शुरुमा बैकले प्रशासनिक कार्यको लागि कटौती गरेको सोचे तर पटक-पटक काट्दा शंका लागेर खाता रहेको बैक ग्लोबल आईएमईका अर्घाखाँची शाखा प्रमुखलाई सम्पर्क गरे, तब मात्र थाहा भयो कि मेरो मोबाइल बैकिङ्ग ह्याक भएको रहेछ।
यो पहिलो घटना होइन, अर्घाखाँचीमा यस्तो किसिमको घटना धेरै पटक भईसकेको छन।विभिन्न तरिकाले ह्याकरहरु सर्वसाधारण जनतालाई सामाजिक सञ्जाल ह्याकिङ्ग गरेर वा विभिन्न प्रलोभनमा पारेर बैक खाताबाट पैसा गायब पारेको हामी सुन्दै आइरहेका छौ।
बैंकको खाताबाट पैसा हराई सकेपछि पिडितले गुनासो गर्ने ठाउँ भनेको बैक नै हो। विष्णु बसेलले पनि आफ्नो पैसा अपचलन भएको भनी बैकमा निवेदन दिनु भयो र सोही अनुरुप ग्लोवल आईएमई बैक मुख्य कार्यालयले २०७७ कार्तिक १७ गते प्रहरीको अपराध अनुसन्धान महाशाखा मुद्दा दर्ता गरायो । त्यसको ६ महिनापछि फ्लोप अप गर्दा मुद्दाको सुनुवाइ नभएको पाईयो। जसको कारण यस्तो किसिमको मुद्दाहरुको ठूलो चाङ रहेको बुझिन्छ।
बैकको बुझाई अनुसार यसरी बैक खाताबाट पैसा हराउनुको मुख्य कारण इनामको लोभमा परेर सामाजिक सञ्जाल र इन्टरनेटबाट लौट्रीको नाममा विभिन्न व्यक्तिगत विवरण मागेको हुन्छ । हामी नबुझी आफ्नो सम्पुर्ण विवरण दिदा पनि यस्तो खालको समस्या आउन सक्छ। त्यसैले आफ्नो व्यक्तिगत विवरण लौट्री वा कुनै इनामको प्रलोभनमा परि कसैलाई पनि दिनु हुँदैन। अर्को तपाईंको बैकको सफ्टवेयरको गढवढीले गर्दा पनि तपाईंको खाताबाट अन्यत्र खातामा पुग्न सक्छ। यस परिस्थितिमा तपाईंले तुरुन्त बैकमा सम्पर्क गरि निवेदन दिएमा फिर्ता हुन सक्छ तर ह्याकिङ गरेर स्थान्तरण गरेको पैसा फिर्ता नहुन पनि सक्छ।
बैकले यसको अनुसन्धानको लागी प्रहरी समक्ष अपराध अनुसन्धान महाशाखामा निवेदन दिन्छ र अपराध महाशाखाले त्यसको तहकिकात गर्छ। तथापि ह्याकरहरु यति चलाखी पुर्ण रुपमा कारोवार गरेको देखिन्छ कि अपराधी पत्ता लगाउन कठिन भएको देखिन्छ । यसको प्रक्रिया लामो र झन्झटिलो भएको कारणले यसमा हामी आफै सचेत हुनु जरुरी छ तथापि सम्वन्धित निकायले हाम्रो समाजमा दिन प्रतिदिन बढ्दै गएको यस किसिमको अपराधमा कम चासो दिनुले पनि अपराधीको मनोवल बढेर यस किसिमका अपराध वृद्धि हुदै गएको पाइन्छ ।
यसै सन्दर्भमा अर्घाखाँचीडट्कमले ग्लोबल आईएमईका शाखा प्रमुखलाई सम्पर्क गर्दा खातावाहक विष्णु बसेलको खाताबाट पैसा पटक पटक कटौती हुनु भनेको उहाँको मोबाइल बैकिङ्ग ह्याकिङ्ग भएको कारणले हो। खातावाहकको निवेदन अनुरुप हामीले मिति २०७७/०७/१७ गतेको दिन अपराध अनुसन्धान महाशाखा टेकुमा निवेदन दर्ता गराएका छौ, भनी जानकारी दिए।