अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क वार्ड नम्बर १ र २ का विपन्न घरपरिवारलाई निर्माण व्यवसायी बसन्त भुसालले खाद्यान्न सहयोग गरेका छन् ।
सन्धिखर्कका निर्माण व्यवसायी भुसालले ७५ विपन्न घरपरिवारहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेका हुन् । दैनिक ज्यालादारीमा काम गर्नेहरु जारी निषेधाज्ञाका कारणसँगै समस्यामा परेका छन् ।
७५ परिवारहरुलाई एक महिनालाई पुग्ने दाल, चामल, नुन, तेल लगायतका सामाग्री बितरण गरिएको भुसालले बताए ।
देश नै संकटमा रहेको अवस्थामा एक नागरिकले अर्को नागरिकलाई सहयोग गर्नुपर्ने भन्दै आफूले सकेको सहयोग गर्ने उनले बताए । उनी अर्घाखाँचीका बरिष्ठ निर्माण व्यवसायी हुन् ।