एजेन्सी
कोरोना भाइरस महामारीको दोस्रो लहरमा संक्रमणको इपिसेन्टर बनेको भारतमा पछिल्लो २४ घण्टामा तीन लाख २६ हजार नयाँ संक्रमित थपिएका छन्।
सो अवधिमा कोभिड–१९ बाट तीन हजार ८९० जनाको ज्यान गएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा तीन लाख ५३ हजार भन्दा धेरै संक्रमण मुक्त भएर घर फर्किएका छन्।
भारतमा अहिले सक्रिय संक्रमितको संख्या ३६ लाख ७३ हजार भन्दा बढि छ। भारतमा कुल संक्रमितको संख्या दुई करोड ४३ लाख ७२ हजार ९०७ पुगेको छ।
कोभिड–१९ बाट हालसम्म दुई लाख ६६ हजार २०७ जनाको ज्यान गएको छ। भारतमा हालसम्म १८ करोड चार लाख ५७ हजार भन्दा बढिले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् ।
अघिल्लो दिन भारतमा ३ लाख ४३ हजार १४४ जना नयाँ संक्रमित थपिएका थिए भने चार हजार जनाको मृत्यु भएको थियो।
दिल्लीको रामलीला मैदानमा १५ दिनमा ५०० आईसीयू शय्याको अस्पताल
कोभिड–१९ को संक्रमणट जुधिरहेको भारतको दिल्ली सरकारले १५ दिनमा रामलीला मैदानमा ५ सय आईसीयू शय्याको अस्पताल सञ्चालन गरेको छ ।
कोभिडको दोस्रो लहर बढेपछि दिल्लीमा आईसीयू शय्याको अभाव भएको सन्दर्भमा दिल्ली सरकारले सय शय्याको आईसीयू शय्या सञ्चालनमा ल्याइएको हो ।
दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार ट्वीट गर्दै अस्पताल निर्माणमा सघाउने सबैलाई धन्यवाद दिनुभएको थियो । उहाँले केही दिनमै पुनः ५ सय शय्याको आईसीयू शय्या थप्ने जानकारी दिनुभएको छ ।
दिल्लीको रामलीला मैदानमा १५ दिनमा ५ सय आईसीयू शय्याको अस्पताल रामलीला मैदानमा १५ दिनमा बनेको अस्पताल
पछिल्लो समय दिल्ली सहित भारतमा कोभिड संक्रमितको संख्या बढिरहेको छ । बाक्लो बस्तीका कारण दिल्लीमा कोभिडको प्रभाव अझ बढेको थियो । कोभिड संक्रमितको संख्या बढेपछि त्यहाँ आईसीयू शय्याको अभाव थियो ।
दिल्ली केही दिन अघिसम्म अक्सिजनको कमीले सैयौंको मृत्यु हुने गरेको थियो । केन्द्र सरकारले अक्सिजनको कोटा थप नगर्दा त्यहाँ मृतकको संख्या ह्वात्तै बढेको थियो । एजेन्सी