सुनसान अर्घाखाँची | जिल्लाबासी खेतबारीमा व्यस्त | संक्रमितको संख्यामा कमी


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । कोरोना संक्रमण बढ्दै गएपछि जारी गरिएको निषेधाज्ञाका कारण अर्घाखाँची जिल्लाभरको गतिविधी सुनसान भएको छ । 
संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै पुन: थप १० दिन जेष्ठ १० गते राती १२ बजे सम्मको लागि निषेधाज्ञा बढेको छ । बैशाख २० गते  राती १२  देखि बैशाख ३१ गतेसम्म  निषेधाज्ञा  जारी गरिएको  थियो । 
सदरमुकाम सन्धिखर्क, चुत्राबेसी बजार लगायत जिल्लाका सबै पालिकामा चहलपहल, आवतजावतमा बन्द हुनुका साथै  सुनसान  भएको  छ ।  
जिल्लाभरका स्थानिय बासिन्दाहरु भने खेतबारीमा व्यस्त छन् । घरमा वृद्धवृद्धा र बालबालिका मात्रै छन् । 
यस्तै अजिल्ला अस्पताल अर्घाखाँचीमा कोरोना संक्रमितको लागि अक्सिजन सिलिन्डर लगायतका सबै सुविधा सहित एचडियु सेवा छ । अक्सिजनको कारण कसैलाई बाहिर जान परेको छैन् । साथै जिल्लामा संक्रमितको संख्यामा कमी आएको छ । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या १५५५ जना पुगेको छ । भने गत वर्षदेखि आजसम्म  ८६२  जनाले कोरोना जितेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा हालसम्म ३८  जनाको ज्यान गएको छ ।