डिभर्नाकी २३ वर्षिया युवती हराएकाे १२ दिनपछि नवलपरासीकाे जंगलमा मृत फेला


हरिप्रसाद भुसाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वार्ड नं १२ डिभर्ना निवासी एक युवती हराएकाे १२ औ दिनमा मृत भेटिएकी छिन्  ।
भैरहवाबाट हराएकी डिभर्नाकी २३ वर्षिया शान्ता कुँवरकाे शव हराएकाे १२ औ दिनमा बैशाख २२ गते नवलपरासीकाे जंगलमा फेला परेकाे थियाे ।
गाेठालाले जंगलमा शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । युवतीकाे हत्या कसले र किन गरे भन्ने खुल्न सकेकाे छैन् ।
बालिकाकाे शव क्षतविक्षेत अवस्थामा भेटिएकाे अर्घाखाँची चेम्वर अफ कमर्सका प्रथम उपाध्यक्ष समेत रहनुभएका समाजसेवी लिलाधर बस्यालले जानकारी दिनुभयाे ।

अन्य समाचारहरु