शितगंगा नगरपालिकामा अर्घाखाँचीकै सबैभन्दा कम संक्रमित, कोरोना नियन्त्रणमा अगाडि


अर्घाखाँचीडट्कम संवाददाता 
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सबैभन्दा कम सक्रिय कोरोना संक्रमित शितगंगा नगरपालिकामा रहेको छ । यहाँ पछिल्लो २४ घण्टामा नयाँ संक्रमित थपिएका छैनन्  ।
ठाडा । 

शितगंगामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या २६ जना रहेको छ । जुन पाणिनी गाउँपालिकामा ३१ जनापछि दोस्रो हो । 
यस्तै यहाँ गत वर्षदेखि आजसम्म संक्रमितको संख्या १४९ जना मात्र पुगेको छ । जुन संख्या पाणिनी गाउँपालिकामा ६९ जनापछि दोस्रोमा हो ।   
 
यस्तै शितगंगामा गत वर्षदेखि आजसम्म  ११५  जनाले कोरोना जितेका छन् ।
साथै शितगंगामा गत वर्षदेखि हालसम्म ८  जनाको ज्यान गएको छ । जसमा एक जना संक्रमितले आत्महत्या गरेका थिए । जिल्लामा बढी सबैभन्दा बढी ज्यान जाने पालिका सन्धिखर्क हो । जहाँ ११ जनाको मृत्‍यु भएको छ । भने कम छत्रदेव गाउँपालिकामा १ जनाको मृत्‍यु भएको छ । 
शनिबारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु