निषेधाज्ञाको बेला हंसपुरको सौतामारे हुँदै काठ ओसारपसार गर्ने कार्य रोकिएन् (भिडियो, फोटो फिचर)


दीपेन्द्र पौडेल
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाकाे मालारानी गाउँपालिका वार्ड नम्बर –६ हंसपुरको सौतामारे हुँदै काठ ओसारपसार निषेधाज्ञा अवधीमा रोकिएको छैन् ।
हंसपुरको सौतामारे हुँदै गुल्मीबाट प्युठानको लागि काठ ओसारपसार निषेधाज्ञा अवधीमा नरोकिएको हो ।
अहिले  अर्घाखाँची  गुल्मी  प्युठान  अत्यावश्यक बस्तु खाद्यान्न  औषधी  तरकारी र अति आबस्यक बस्तु बोक्ने गाडी बाहेक  अन्य कुनै पनि यातायातका साधनहरु  जिल्लाभर निषेध गरिएता पनि काठ बोक्ने ट्रकलाई जिल्ला प्रशासन कार्यालय प्युठानले अनुमानि पत्र दिएपछि धमाधम हंसपुरको सौतामारे हुँदै काठ ओसारपसार गरिएको देखिन्छ ।
आफुहरु पास लिएर हिडेको गुल्मीबाट काठ बोक्ने तीन ट्रक ड्राइभर शनिबार बताए । तर जिल्ला प्रशासन कार्यालय प्युठानले निषेधाज्ञाको बेला कुन मापदण्डको आधारमा पास दियो भनी स्थानियबासीहरुले बताउन्छन् । उनिहरु भन्छन्; यसरी  काठ बोकेका गाडी ओहोरदोहोर गरेर निषेधाज्ञा नियमको ठाडो उलंघन गरेका छन्  ।
गुल्मीको सिमल्टारीदेखि प्युठानसम्म ती ट्रकहरुलाई पास दिइएको सौतामारे छेडामा चेकिङ्गमा खटिएका एक कर्मचारीले बताए ।
पछिल्लो समय लगातार  गुल्मी,  अर्घाखाँचीका काठहरु प्युठानको बाटो प्रयोग गरि ओसारपसार  हुने गरेको देखिन्छ ।