अर्घाखाँची अस्पतालमा संक्रमित उपचारका लागि सामाजिक अभियान्ता बिष्णु सुवेदीद्धारा आर्थिक सहयोग


कमला घिमिरे 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ८ अर्घातोष घर भएका सामाजिक अभियान्ता बिष्णु सुवेदीले अर्घाखाँची जिल्ला अस्पतालमा कोरोना संक्रमित विरामीका लागि आर्थिक सहयोग गरेका छन् । 
अर्घातोष घर भई हाल काठमाण्डौ बुढानिलकण्ठ बस्ने सामाजिक अभियान्ता बिष्णु सुवेदीले अर्घाखाँची जिल्ला अस्पतालमा कोरोना संक्रमित विरामीका लागि आवश्यक पर्ने अक्सिजनको अभावमा नहोस् भनी १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
बिष्णुले जिल्लाका विपन्न परिवारलाई समय – समयमा सहयोग पनि गर्दै आएका छन् ।