अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेकपा मसाल निकट अखिल नेपाल शिक्षक संघले शहिद टंक भुसालको ३९ औं स्मृति दिवस मनाएको छ ।
अखिल नेपाल शिक्षक संघले प्रत्येक बर्ष जेष्ठ २ गते मनाउदै आएको शहिद टंक दिवस कोरोना भाइरस दोस्रो लहरको महामारीका कारण नेपाल सरकारले जारी गरेको निशेधाज्ञा र स्वास्थ सुरक्षालाई मध्य नजर गर्दै औपचारिक रुपमा मात्र सक्षिंप्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा अखिल नेपाल शिक्षक संघका केन्द्रिय कोषाध्यक्ष टेकबहादुर थापा , शहिद टंकप्रसाद भुसालका दाजु युवराज भुसाल , नेकपा मसालका जिल्ला प्रबक्ता पशुपति ढकाल , रा .ज .मो . केन्द्रिय सदस्य यमलाल पोख्रेल , शिक्षक संघका प्रदेश कोषाध्यक्ष झबिन्द्र भट्टराई , रा .ज .मो . जिल्ला उपाध्यक्ष गोपाल पौडेल , शिक्षक संघ नगर कोषाध्यक्ष यज्ञ भुसाल , अखिल नेपाल युवक सँघका जिल्ला कोषाध्यक्ष बसन्त खड्का ,अखिल छैठौका केन्द्रिय उपाध्यक्ष देबेन्द्र कुवर , र रक्तिम अभियानका जिल्ला अध्यक्ष जिवन पुन लगाएतले सहिद टंक प्रसाद भुसालको शालिकमा फुलमाला लगाएर सहिद दिवस मनाएका थिए।
सहिद टंक प्रसाद भुसाललाई तत्कालीन पंचायती ब्यबस्थामा हिरासतमा राखी कुटिकुटी हत्या गरिएको थियो ।