अर्घाखाँचीका निर्माण व्यवसायी भुसालद्धारा ४७५ विपन्न घरपरिवारलाई एक महिनालाई पुग्ने खाद्यान्न सहयोग



सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  । अर्घाखाँची जिल्लाका युवा निर्माण व्यवसायी बसन्त भुसालले  ४७५ विपन्न घरपरिवार राहात स्वरुप १ महिनालाई पुग्ने खाध्यन्न बितरण गरेका छन् ।  
सन्धिखर्क नगरपालिका का र जिल्लाका विभिन्न भागमा  बसोबास गर्ने लकडाउनका कारण घरमा चुलो बाल्न समस्यामा परेका दैनिक काम गरि जीवन निर्भाहा गर्ने अति बिपन्न ४७५ घरपरिवारलाई  युवा निर्माण व्यवसायी  भुसाल आयल सेन्टरका सन्चालक नेपाल हेवी ईक्युमेन्ट व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष अम्मर निर्माण सेवाका सन्चालक बसन्त भुसालले खाद्यान्न स्वरुप चामल दाल तेल नुन बितरण गरि सहयोग गरेका हुन् । 
 
सन्धिखर्कका निर्माण व्यवसायी भुसालले सन्धिखर्कमा रहेको घिमिरे किराना स्टोर्सबाट शुक्रबार, शनिबार, आईतबार बिहान १२ बजेसम्म गरि ४७५  घरपरिवारहरुलाई खाद्यान्न सामाग्री सहयोग गर्नु भएको हो दैनिक ज्यालादारीमा काम गर्नेहरु  सरकारले गरेको  निषेधाज्ञाका कारण काम गरेर खाने अबस्था नभएकोले अति समस्यामा परेकाहरुलाई सामान्य खाध्यन्न सहयोग आफुले गरेको र सहयोग गरेको कुरा प्रचार नगर्न समेत युवा व्यवसायी भुसालले आग्रह गरे । 
४७५ परिवारहरुलाई एक महिनालाई पुग्ने दाल, चामल, नुन, तेल लगायतका सामाग्री बितरण गरिएको  र अब केही दिनका लागि स्थगित गरिएको मापदण्ड बनाएर मात्रै राहात बितरण गर्ने भुसालको भनाई छ ।
देश नै संकटमा रहेको अवस्थामा एक नागरिकले अर्को नागरिकलाई सहयोग गर्नुपर्ने भन्दै आफूले सकेको सहयोग गरेको भुसालले बताए । भुसाल अर्घाखाँचीका  बरिष्ठ निर्माण व्यवसायी र हरेक अभियानमा सहयोग गर्ने अभियान्ता हुन् ।