अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्ला अस्पताललाई आवश्यक पर्ने अक्सिजन सिलिन्डरहरु आईपुगेको छ ।
अर्घाखाँची जिल्ला अस्पताललाई १२ वटा अक्सिजन सिलिन्डर रिफिल गरेका अक्सिजन सिलिन्डरहरु बुटवलबाट सन्धिखर्क आईपुगेका हुन् । भने सानाे १ ठुला १० गरि ११ थान अक्सिजन सिलिन्डरकाे रिफिल गराएर सन्धिखर्क पठाइने भएको छ ।
आज आईतबार दिउँसो २ बजेसम्मलाई अक्सिजन रहेको भनिएता पनि जिल्लालाई आवश्यक पर्ने अक्सिजन सिलिन्डरहरु बुटवलबाट नियमित हुने भएका छन् । यस्तै जिल्लावाट १५ थान अक्सिजन सिलिन्डर रिफिल गर्न बुटवल पठाएका पनि अर्घाखाँची पुगेका छन् ।
बुटवलमा आन्तरिक मामिला तथा कानून मन्त्री माननीय चेतनारायण आचार्यको पहलमा र खर्च गुल्मी जिल्ला निवासी बालकृष्ण भुसालको खर्चमा अक्सिजन सिलिन्डरहरु बुटवलबाट रिफिल गरी पठाउने काम नियमित भएको बताइएको छ ।
उता ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री टोपबहादुर रायमाझी अर्घाखाँचीमा काेभिड-१९ अक्सिजन प्लान्ट निर्माणका लागि प्रयास भैरहेको बताएका छन् ।
अर्घाखाँची जिल्ला अस्पतालमा अहिले २५ जना संक्रमितमा २३ जनालाई अक्सिजन दिईएको छ ।
साथै पछिल्लो समय अक्सिजन सिलिन्डरहरु रिफिलका लागि देश विदेशबाट व्यापक आर्थिक सहयोग संकलन गरिएको छ । साथै जिल्लामा रहेका सहयोग दाताहरुले जिल्ला अस्पतालका प्रमुख डा. कपिल गौतमलाई प्रदान गरेका छन् । भने विरामीको ज्यान बचाउन नेपाल पत्रकार महासंघ अर्घाखाँचीको अक्सिजन अभियान शुरु गरेको छ ।
यस्तै जिल्लामा पछिल्लो विवरण अनुसार कोरोना संक्रमित कम हुँदै गएको छ ।