कोपिला आचार्य
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाले कोभिडका बिरामीहरुलाई उपचार गर्नको लागी ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको छ ।
पालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीका अनुसार मालारानी गाउँपालिकाले कोभिडका बिरामीहरुलाई उपचार गर्नको लागी ५ बेडको कोरोना अस्पताल सञ्चालनमा ल्याएको हो ।
‘कार्यपालिकको बैठक बसेर दरबन्दी सिर्जना गरि १ जना मेडिकल अधिकृत , २ जना स्टाफ नर्स र १ जना कार्यालय सहयोगीको दरबन्दी स्वीकृत भएको छ ।’ कोभिड बिशेष अस्पतालमा काम गर्ने स्वास्थ्यकर्मीलाई सत प्रतिशत भत्ता समेत पालिकाले उपलब्ध गराउने पन्थीले बताए ।
मालारानी गाउँपालिकाले पशुसेबा शाखाँ सञ्चालनको लागी निर्माण गरिएको नयाँ भवनमा आईतबार देखी डाक्टर सहितको सेबा सञ्चालन गर्ने उपाध्यक्ष प्रमिला क्षेत्रीले बताईन । ‘ कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको छ । स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गर्न पालिकाबासीलाई आग्रह गर्दछु । पालिकाले एमबिबिएस डाक्टर सारदा अधिकारी सहित १ जना स्टाफ नर्स र कार्यालय सहयोगी नियुक्त गरि सकेको छ । पालिकाबासीलाई सहज रुपमा सेबा प्रदान गर्ने उद्धेश्यले कोभिड अस्पताल सञ्चालनमा लाएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले बताए ।
‘हामिलाई डाक्टर पाउँन सारै गाह्रो भयो , काठमाण्डौमा पटक पटक सम्पर्क गरि एक जना मेडिकल अधिकृत पालिकामा नियुक्त हुनु भएको छ । हामिले अक्सीजन सहितको व्यबस्था गरेका छौ । पालिकाले सञ्चालन गर्ने कोभिड अस्पतालको लागी थप अक्सीजन सिलिण्डर आव्यसक पर्ने देखिएको छ । हामिले प्रदेश र केन्द्रका मन्त्रीहरु संग समन्वय गरेका छौ । ’ पालिकामा ५ थान अक्सीजन सिलिण्डर रहेको र भर्न लैजादा रिप्लेस गर्नु पर्ने भएकोले थप सिलिण्डर आव्यसक भएको पालिका अध्यक्ष आचार्यले भने ‘ पालिकाको सभाहललाई समेत पाटेशन गरेर कोभिडका बिरामी उपचार गर्ने सोच समेत बनाएका छौ । महामारीमा सबै पक्षको सहयोग आव्यसकता छ ’ । पालिकाले कोरोना लक्षण देखीएका व्याक्तिहरुलाई एन्टिजेन्ट किट मार्पmत चेकजाँच गर्ने गरेको पालिकाका स्वास्थ्य संयोजक भबिश्वर खनालले बताए । ‘हामिले लक्षण देखीयो भन्ने व्याक्तिहरुको एन्टिजेन्ट किट मार्फत परिक्षण गर्ने गरेका छौ । जेष्ठ ४ गते कोभिड बिशेष अस्पतालमा एन्टिजेन्ट बिधिबाट परिक्षण गर्ने छौ । कोभिड जस्तो कुनै लक्षण देखिएमा लागेमा बिशेष अस्पतालमा आई सेबा लिन समेत आग्रह गर्दछु । ’
जिल्लाको पाणिनी गाउँपालिकाले पनि कोभिड बिशेष अस्पताल सञ्चालन गरेको छ । शितगंगा नगरपालिका र छत्रदेब गाउँपालिकामा रहेको प्राथामिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत सहितको डाक्टरको दरबन्दी रहे पनि डाक्टहरु नहुदाँ सेबा प्रबाहमा समस्या परेको छ । भने भुमिका स्थान नगरपालिकाले सञ्चालन गरेको कोभिड बिशेष अस्पतालका डाक्टरले राजिनामा दिए पछि सेबा प्रबाह बन्द भएको छ ।