पालीका एक जना पुरुषको कोरोना संक्रमणका कारण निधन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी  गाउँपालिका वार्ड नम्बर ८ पालीका एक जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको छ ।  
कोरोना संक्रमित पालीका २४ वर्षिय एक जना पुरुषको जिल्ला अस्पताल अर्घाखाँचीमा आईतबार निधन भएको हो ।
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ३९  जनाको ज्यान गएको छ । 
अस्पतालमा उपचाररत उनलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।
आईतबार कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु