खिदिमकी एक २२ वर्षिया युवती विवाह भएको २३ दिनमै तानसेनमा मृत फेला


अर्घाखाँचीडट्कम संवाददाता 
तानसेन, पाल्पा (अर्घाखाँचीडट्कम) । अर्घाखाँचीको पाणिनी गाउँपालिका वार्ड नं ३ खिदिमको आमबोटकी एक नव विवाहित युवती पाल्पाको तानसेनमा मृत फेला परेकी छिन् । 
खिदिमको आमबोटबाट गत वैशाख ११ गते तानसेन नगरपालिका वार्ड  नं १२ अवलमा विबाह गरेर गएकी २२ वर्षिया रुपा पराजुली आफ्नै घरमा झुण्डिएको अवस्थामा आईतवार विहान मृत फेला परेकी हुन् ।  
रुपाले तानसेन नगरपालिका वार्ड  नं १२ अवलका २६ वर्षिय सुन्दर घिमिरेसँग बिवाह २३ दिन अगाडि गत वैशाख ११ गते विवाह गरेकी थिईन् । 
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी निरीक्षक लक्ष्मण पचभैयाको टोली घटना स्थलमा पुगेर मुचुल्का उठाएको थियो । प्रहरीले आत्महत्या गरेको हुनसक्ने अनुमान गरेको छ । घटना शंकास्पद रहेको माईती पक्षको भनाई छ । 
घटनास्थलबाट मृतकको एक थान मोबाइल, गिलास लगायतको सामाग्री फेला परेको प्रहरीले बताएको छ । शवको पोष्टमार्टमको लागि चितवन फरेन्सिक ल्याब पठाईएको र घटनाको अनुसन्धान भईरहेको प्रहरीले बताएको छ । 

अन्य समाचारहरु