खनदहका एक युवाको कोरोना संक्रमणका कारण बुटवलमा निधन


अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहका  एक युवाको कोरोना संक्रमणको कारणले बुटवलमा निधन भएको छ । 
खनदहका ४३ वर्षिय पुरुषको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
श्वासप्रश्वास, निमोनियाको समस्या भई वैशाख २५ गते कोरोना संक्रमन देखिएपछि जेठ २ गते भर्ना भएका उनको आज बिहान १२.०७ बजे मृत्यु भएको सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ४१ जनाको ज्यान गएको छ ।