एमाले अर्घाखाँची ईन्चार्ज खड्काद्धारा राष्ट्रिय सभा सदस्यकाे उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । नेकपा एमाले अर्घाखाँची जिल्ला ईन्चार्ज चन्द्रबहादुर खड्काले राष्ट्रिय सभा सदस्यकाे उपनिर्वाचनका लागि पुन: उम्मेदवारी दर्ता गराएका छन् । 
 एमालेकाे तर्फबाट खड्काले मंगलवार राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवारी दिएका हुन् ।
यस्तै दृगनारायण पाण्डे नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा (उपेन्द्र पक्षधर) र राष्ट्रिय जनमाेर्चाकाे गठबन्धनबाट राष्ट्रियसभा सदस्यकाे उम्मेदवार बनेका छन् । 
अर्घाखाँची जिल्लाबाट राष्ट्रिय सभा सदस्य रहेका खड्का निर्वाचित भएको दल नेकपा (माओवादी केन्द्र) छोडेर नेकपा (एमाले)मा प्रवेश गरेपपछि रिक्त रहेको सिटमा जेठ १७ गते उपनिर्वाचन हुँदैछ ।   
नेकपा माओवादी केन्द्रबाट वैशाख १० गते सांसद खड्कालाई निष्काशन गर्न राष्ट्रिय सभा सचिवालयमा पत्र पुगेको थियो। सोहीअनुसार खड्काको वैशाख १५ गते बुधवार उनि पदमुक्त भएका थिए । 
यस्तै २०७४ सालमा भएको प्रतिनिधिसभाको चुनावमा अर्घाखाँची जिल्लाबाट सांसद बनेका उर्जामन्त्री टोपबहादुर रायमाझी पनि गत वर्ष २०७७ चैत्र २६ गते विहीवार पदमुक्त भएका थिए । योसँगै अर्घाखाँचीमा सांसद पद रिक्त भएको छ । प्रतिनिधि सभा सदस्यमा २०७४ म‌सिर २५ गते सोमवार विजयी भएका रायमाझीको सांसद पद ३ वर्ष ३ महिना २८ दिनपछि गुमेको थियो ।