पाणिनी गाँउपालिकामा पत्रकार एसोसिएशन समिती गठन, अध्यक्षमा डिआरजी सुमन (भिडियो सहित)
जेष्ठ ५ गते, २०७८ मा प्रकाशित
मूना पौडेल
दुर्गाफाँट, अर्घाखाँची जेठ ५, (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिकामा रहदै गाँउपालिकाकै विकासको लागी क्रियाशील पत्रकारहरुको एकछाता संस्थाको स्थापना भएको छ ।
देशको सयौँ पर्यटकीय गन्तव्य मध्येकै एकऐतिहासिक पर्यटकीय स्थल पाणिनी तपोभूमि रहेको स्थानवाट क्रियाशीलपत्रकारको एकतात्मक समिती सार्वजनिक हुनु लाई सर्वत्र सकरात्मक तवरलेहेरीएको छ ।
पाणिनी गाँउ पालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार,स्थानीयनिकायमा भएका सकरात्मक कार्यक्रमको उठ्ठान सहित विभिन्न निकायमाहुनेगरेका अनिमियतताको खवरदारी,पाणिनीमा संचार माध्यम र संचारकर्मीकोसंरक्षण गर्ने लगायतका उद्देश्य लिएर पाणिनी गाँउ पालिकामा रहेर पत्रकारितागरिरहेका पत्रकारहरुको उपस्थितीमा २०७८ जेठ ५ गते भएको भेलाले संस्था कोनाम र संस्थापक समिति गठन गरेको छ ।
स्वतन्त्र पत्रकार डिआरजी सुमन को पहलमा संचालन गरिएको यस अभियानमापाणिनी गाँउ पालिकामा क्रियाशील पत्रकारहरुको सकरात्मक रुपमा साथरहेको छ । यस सस्थालाई पत्रकारका अन्य संगठनको मातहत र सैली भन्दाभिन्न तरिकाले परिचालन गरिने गरी स्थापना गरिएको छ । अर्घाखाँची डटकमका व्युरो प्रमुख समेत रहेका स्वतन्त्र पत्रकार डिआरजी सुमन संस्थापक अध्यक्षरहनेगरी १३ सदस्यीय संस्थापक समिती गठन गरिएको हो ।
वरिष्ठ उपाध्यक्षमा विष्णुभक्त पोखरेल, सचिवमा रुकमागत भट्टराई, सहसचिवमा कमला घिमिरे , कोषाध्यक्षमा मनिष अधिकारी र सह कोषाध्यक्ष माचोलनाथ पौडेल रहनु भएको छ । यस्तै संस्थापक सदस्यमा सिता घिमिरे, प्रकाश वेल्वासे प्युठानी,मूना पौडेल, सुर्यनारायण न्यौपाने ,माधव वेल्वासे, शालिकराम गौतम र सुभाष गौतम रहनु भएको छ ।
प्रारंभिक चरमा पाणिनी गाँउ पालिकाको सवै पत्रकार समेटने प्रयास हुदाहुदैछुटेका पत्रकारहरुलाई क्रमिक रुपमा संगठित गर्दै जाने संस्थाका सचिवरुकमागत भट्टराईले जानकारी गराउनु भएको छ ।
पाणिनीमा पत्रकारहरुको लागी यस प्रकारको संगठन आवश्यकता महसुसगरिएको थियो समयमै डिआरजी सुमन कै पहल र नेतृत्वमा संगठित हुदा खुसीभएका छौ कार्यक्रमका सहभागीहरु धेरैले धारणा आएका थियो । कार्यक्रमपाणिनी गाँउ पालिका वडा नं ३ वरका रुखमा सम्पन्न भएको थियो ।– तस्वीर मूना पौडेल ।