अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १ र २ का विपन्न परिवारलाई युवा व्यवसायी यम पाण्डेले खाद्यान्न सहयोग गरेका छन् ।
सन्धिखर्कका अति विपन्न ५ घरपरिवारलाई छत्रदेव गाउँपालिका वार्ड नम्बर ४ केरुङा निवासी युवा व्यवसायी यम पाण्डेले खाद्यान्न सहयोग गरेका हुन् ।
पाण्डेले विपन्न घरपरिवारलाई चामल, दाल, तेल, नुन लगायतका खाद्यान्न सामाग्री विवतण गरेका छन् ।
दैनिक ज्यालादारीमा काम गर्नेहरु सरकारले गरेको निषेधाज्ञाका कारण काम गरेर खाने अबस्था नभएकोले अति समस्यामा परेकाहरुलाई सामान्य खाध्यन्न सहयोग आफुले गरेको उनको भनाई छ । यस अगाडि उनी मार्फत ४ परिवारहरुलाई एक महिनालाई पुग्ने दाल, चामल, नुन, तेल लगायतका सामाग्री बितरण गरिएको थियोे ।
देश नै संकटमा रहेको अवस्थामा एक नागरिकले अर्को नागरिकलाई सहयोग गर्नुपर्ने भन्दै आफूले सकेको सहयोग गरेको पान्डेले बताए । उनी अर्घाखाँचीका युवा व्यवसायी र हरेक अभियानमा सहयोग गर्ने अभियान्ता पनि हुन् ।