अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम ) । अर्घाखाँची अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष श्रीकृष्ण भुसालले पदभार ग्रहण गरेका छन् ।
भुसालले आज बुधवार अस्पताल विकास समितिको अध्यक्षको औपचारिक रुपमा पदभार ग्रहण गरेका हुन् ।
लुम्बिनी प्रदेश सरकारकाे मन्त्रीपरिषदले गत वैशाख ३१ गते शुक्रवार अर्घाखाँची जिल्ला अस्पतालकाे अध्यक्षमा श्रीकृष्ण भुसाल र सदस्यमा मेनुका पाैडेललाई नियुक्त गरेको थियो ।
अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजनको आपूर्ति गर्न कठिनाई भईरहेको भनिएको बेला अध्यक्षमा नियुक्त भएका भुसालले तिव्र सक्रियता पनि देखाएका छन् । भने निरन्तर खटिएका पनि देखिन्छन् ।
जिल्ला अस्पतालको अध्यक्षमा शिक्षित, स्वच्छ छविका मिहिनेती, इमान्दार श्रीकृष्ण भुसाल आएपछि जिल्लाबासीमा ठूलो आशा पलाएको छ ।