खनदहकाे गुफामा अक्सिजन सहित काेराना अस्पताल सञ्चालन, अब मालारानीबासीलाई बाहिर जान नपर्ने


गणेश खनाल
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ३ खनदहकाे गुफामा गाउँपालिकाले ५ बेडकाे काेराना अस्पताल सञ्चालनमा ल्याएकाे छ । 
अक्सिजन, चिकित्सक सहितकाे सेवा दिन गरी खनदहकाे गुफामादेखि अस्पताल सञ्चालन गरिएकाे अध्यक्ष बालकृष्ण आर्चायले जानकारी दिनुभयाे ।
योसँगै मालारानीबासीलाई अब बाहिर जान नपर्ने भएको छ ।  
पालिकाले केहि समय अगाडि स्वास्थ्य साम्रागी सबै वार्डहरूमा वितरण गरिसकेकाे छ । 
काेराना संक्रमितहरूलाई जिल्ला बाहिर जानु परे निशुल्क रूपमा एम्बुलेस सेवा दिईरहेकाे प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले जानकारी दिनुभयाे ।