काठमाडौँ- विपक्षी गठबन्धनले नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई भावी सरकारको प्रधानमन्त्री बनाउने प्रस्ताव सहित १४९ सांसदको हस्ताक्षर बोकेर शीतलनिवास पुगेको छ।
सिंहदबारमा केहीबेर अघि भएको विपक्षी गठबन्धनको बैठकमा एमाले असन्तुष्ट पक्षका २७ जना सांसदसहित काँग्रेस, माओवादी र जसपाका गरी १४९ सांसदको हस्ताक्षर बोकेर शितल निवास पुगेका हुन्।
कांग्रेस नेता गगन थापाका अनुसार सभापति देउवाको नेतृत्वमा सरकार बनाउन १४९ जनाको हस्ताक्षर जुटेको छ। सांसदको हस्ताक्षर लिएर नेताहरू शितलनिवास गएको उनले बताए।
हस्ताक्षर गर्नेमा कांग्रेस र माओवादी केन्द्रका बाहेक माधवकुमार नेपाल समूहका २७ र जनता समाजवादी पार्टीको उपेन्द्र-बाबुराम समूहका १३ जना छन्।
नयाँ सरकार बनाउन संसदमा कायम २७१ सांसदमध्ये १३६ जना चाहिन्छ। देशसंचारमा समाचार छ ।