खनमा राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँचीद्वारा दलित घर परिवारलाई माक्स वितरण (फोटो सहित)


नवीन रसाइली
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  । राष्ट्रिय दलित पत्रकार संघ अर्घाखाँचीले मालारानी गाउँपालिका वार्ड नम्बर ४ खनमा माक्सको पहुँचबाट टाढा रहेका दलित  घर परिवारलाई माक्स वितरण गरेको छ ।
 उक्त  ठाउँमा माक्स नपाईने,  पसलहरु धेरै टाढा रहेका, एउटै माक्स घरका अरु सदस्यले पनि प्रयोग गरेको जानकारी  पाएपछि राष्ट्रिय दलित पत्रकार संघ, अर्घाखाँचीका साथीहरू उक्त ठाउँमा माक्स लिएर जानुभएको हो । 
माक्सको प्रयोग र कोरोना भाईरस सम्बन्धि जनचेतनामूलक कुराहरु पनि अध्यक्ष सागरले त्यहाँका स्थानीयहरुलाई जानकारी गराउनु भएको हो । उहाले सामाजिक दुरि कायम गर्दै त्यहाका स्थानियका घर घरमा गई माक्स वितरण स्वास्थ सम्बन्धि जानकारी दिदा त्यहा स्थानीयहरु खुसी ब्यक्त गरेका थिए । हामी  एक अर्कालाई भेट्दा होस् वा घरबाट बहिर निस्कदा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने भन्दै माक्स वितरण गर्नुभएको हो । 
साथै राष्ट्रिय दलित पत्रकार संघ, दलितहरुका हक हितमा लागि सधैव खटिरहने बताउनुभयो । 
माक्स वितरण  राष्ट्रिय दलित पत्रकार संघ, अर्घाखाँचीका अध्यक्ष सागर परियारको नेतृत्वमा सचिव अयन विश्वकर्मा, सदस्य सरु सुनार, विक्रम नेपाली, विजय नेपाली  र पत्रकार नविन रसाइली जानुभएको हो ।
राष्ट्रिय दलित पत्रकार संघ, अर्घाखाँचीले निकै उदाहरणीयकाम गरेको देख्न सकिन्छ ।