अर्घाखाँची सहयोगी हातहरुद्वारा जिल्ला अस्पताललाई २ वटा बेड हस्तान्तरण


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची सहयोगी हातहरुले  जिल्ला  अस्पताल अर्घाखाँचीलाई अत्याधुनिक सुबिधा इलेक्ट्रोनिक २ वटा बेडहरु हस्तान्तरण गरेको छ । 
सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल मार्फत अर्घाखाँची अस्पतालका प्रमुख डा.कपिल गौतमलाई अभियान्ता सचीन पाण्डेले शनिबार हस्तान्तरण गरेका हुन् । 
अर्घाखाँची सहयोगी हातहरु नामक संस्थाले देश- विदेशमा रहेका अर्घाखाँचीबासीहरुसँग आर्थिक संकलन उठाएर उक्त बेडहरु किनेर सहयोग गरेको थियो ।
उता जिल्ला अस्पतालमा आवश्यक पर्ने अक्सिजन सिलिन्डरहरु पर्याप्त रहेको र कुनै अभाव नभएको बताइएको छ । भने गत ज्येष्ठ ६ गतेबाट विहीवारदेखि अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट निर्माण कार्य शुरु गरिने घोषणा गरेता पनि अन्तत: तत्त्काल नबन्ने भएको छ । भने अक्सिजन प्लान्ट निर्माण योजना अनिश्चित भएको छ ।