अर्घाखाँचीमा विपक्षी गठबन्धनद्धारा प्रतिनिधि सभा विघटनको निर्णय खारेज गर्न माग


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा विपक्षी गठबन्धनले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालतमा लडाइँ लड्ने बताएका छन् । 
जिल्लामा नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, माओवादी केन्द्र, नेकपा एमालेको (माधव नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह) ले छुट्टाछुटै वक्तव्य जारी गर्दै राष्ट्रपतिले शुक्रबार राति चालेको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान गरेका हुन् । 
राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले संविधानको मर्मविपरीत प्रतिनिधि सभा विघटनको निर्णय खारेज गर्न उनीहरूले माग गरेका छन्।
साथै ति दलले संघर्षमा उत्रन जिल्लाबासीलाई आह्वान पनि गरेका छन् ।