अर्घाखाँचीमा भोली जेष्ठ १० गतेसम्म जारी निषेधाज्ञा फेरि थपिने


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भोली जेष्ठ १० गतेसम्म जारी निषेधाज्ञा अरु थपिने भएको छ। 
जिल्लामा भोली जेष्ठ १० गतेसम्म जारी निषेधाज्ञा अरु एक हप्ता बढी थपिने बताइएको हो । 
भोली सन्धिखर्कमा डिसिसिएमसीको बस्ने बैठकले थप कती दिन जारी निषेधाज्ञा गर्ने भन्ने निर्यण लिनेछ ।  
संक्रमण दिन प्रतिदिन बढ्दै गइरहेको भन्दै गत वैशाख ३१ गते शुक्रवार थप १० दिन जेष्ठ १० गते राती १२ बजे सम्मको लागि थपिएको थियो । 
जिल्लामा गत बैशाख २० गतेदेखि निषेधाज्ञा  जारी गरिएको  छ । जारी निषेधाज्ञाका कारण जिल्ला यतिबेला ठप्प र सुनसान छ ।  
फाइल तस्बिर