अर्घाखाँचीमा भोली र पर्सी दोस्रो डोज कोरोना खोप लगाइने


श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले यहि जेठ १० र ११ गते दुई दिन कोरोना बिरुद्धको  खोप लगाईदिने भएको छ । 
गत २०७७ फागुन १० गते भित्र कोभिशिल्ड खोपको पहिलो मात्रा लगाई दोस्रो डोज लगाउन बाँकी रहेका वा छुटेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र अन्य कर्मचारीहरुका लागि खोप लगाईने स्वास्थ्य कार्यालय अर्घाखाँचीले जनाएको छ । 
अर्घाखाँची अस्पतालको खोप केन्द्रमा उपस्थित भई खोपको दोस्रो मात्रा लगाउन स्वास्थ्य कार्यालय अर्घाखाँचीले आग्रह गरेको छ ।