बाँगीका एक जना पुरुषको कोरोना संक्रमणका कारणले निधन


अर्घाखाँचीडट्कम संवाददाता
बाँगी, अर्घाखाँची (अर्घाखाँचीडट्कम )  । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ५ बाँगीका  एक जना पुरुषको कोरोना संक्रमणको कारणले निधन भएको छ । 
बाँगीका ६२ वर्षिय पुरुषको जिल्ला अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
ज्वरो, श्वासप्रश्वास, निमोनियाको समस्या भई हिजो आईतबार साँझ अस्पतालमा भर्ना भएका उनको सोमबार राती १ बजे निधन भएको थियो ।  
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ४७ जनाको ज्यान गएको छ ।