नेकपा एमालेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने विघटित प्रतिनिधिसभाका सदस्यमाथि कारवाही गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार भएको बैठकमा यसअघि शनिबारको बैठकले स्पष्टीकरण सोधिएका माधवकुमार नेपाल, झलनाथ खनाल, भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु , लक्ष्मीकुमारी चौधरी र कल्याणीकुमारी खड्कालाई पार्टीविरूद्द गतिविधि गरेकाेमा साेधिएकाे स्पष्टीकरण चित्तबुझ्दो नदिएकाले पार्टीबाट निश्कासन गर्ने निर्णय गरेकाे हो ।
आज रिट निवेदनमा २३ जना सांसदले हस्ताक्षर गरेको विषयमा पनि गम्भीर छलफलल भएको थियो।
कांग्रेस सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एमालेका २३ जना सांसदले हस्ताक्षर गरेका छन्।
विपक्षी गठबन्धनले आज सर्वोच्चमा बुझाउन लागेको रिटमा नेकपा एमालेको खनाल–नेपाल समूहका २३ सांसदले हस्ताक्षर गरेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका २६ सांसदमध्ये २३ सांसदले मात्रै रिटमा हस्ताक्षर गरेका थिए।
यसअघि देउवालाई प्रधानमन्त्रीमा समर्थन गरी हस्ताक्षर गर्नेमध्ये गोकर्ण विष्ट, पवित्रा निरौला खरेल, गणेश पहाडी र राजबहादुर बुढाले हस्ताक्षर गरेका थिएनन्। यस्तै अघिल्लो पटक हस्ताक्षर नगरेकी कलिला खातुनले भने यसपालि हस्ताक्षर गरेकी छन्।
आफूहरूले बहुमत सांसदको हस्ताक्षर बुझाए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको भन्दै विपक्षी गठबन्धनका सांसदहरू सर्वोच्च अदालत गएका थिए।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले (नेपाल समूह), जनता समाजवादी पार्टी (उपेन्द्र-बाबुराम समूह), राष्ट्रिय जनमोर्चाका सांसदले हस्ताक्षरसहित आफैं उपस्थित भएर अदालतमा रिट हालेका हुन्।
रिटमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४८, एमालेका २३, जसपाका १२ र जनमोर्चाका १ सांसदले हस्ताक्षर गरेका थिए।
यसअघि गत शुक्रबार विपक्षी गठबन्धनका १४९ सांसदले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई हस्ताक्षर बुझाएका थिए। सेतोपाटीमा समाचार छ ।
१२ जनालाई स्पष्टीकरण सोध्ने
नेकपा एमालेले नेताहरू सुरेन्द्र पाण्डेसहित १२ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
सोमबार बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले उनीहरूलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
यी हुन् स्पष्टीकरण सोधिएका नेताहरू
१. विराेध खतिवडा
२. जीवनराम श्रेष्ठ
३. घनश्याम भुसाल
४. साेमप्रसाद पाण्डे
५ .कृष्णलाल महर्जन
६ .झपट रावल
७. भवानीप्रसाद खापुङ
८. यज्ञ सुनुवार
९.सुरेन्द्र पाण्डे
१०.मेटमणि चौधरी
११ .दीपकप्रकाश भट्ट
१२.नारायण खतिवडा
यी हुन् हस्ताक्षर गर्ने सांसदहरू