अर्घाखाँचीमा उद्योग वाणिज्य संघले अक्सिजन सिलिन्डर ढुवानीकाे लागि नि:शुल्क गाडीको व्यवस्था गर्ने


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लामा उद्योग  वाणिज्य संघले जिल्ला अस्पतालकाे लागि आवस्यक पर्ने अक्सिजन सिलिन्डर  ढुवानीकाे लागि नि:शुल्क गाडीको व्यवस्था गर्ने भएको छ । 
सदरमुकाम सन्धिखर्कमा अर्घाखाँची  उद्योग  वाणिज्य संघकाे मंगलवार बसेकाे बैठकले जिल्ला अस्पतालकाे लागि आवस्यक पर्ने अक्सिजन सिलिन्डर  ढुवानीकाे लागि  एउटा गाडिकाे व्यवस्था गर्ने  निर्णय गरेको हो । 
उक्त गाडीले अस्पतालमा खाली भएका सिलिन्डर बुटवल लैजाने र भरि सिलिन्डर बुटवलबाट ल्याउनकाे लागि तैयारी अवस्थामा  अस्पतालमा  राखिनेछ ।
उता अर्घाखाँची जिल्ला अस्पतालमा अक्सिजन सिलिन्डर, बेड लगायत पर्याप्त रहेको बताइएको छ । जिल्ला अस्पतालमा हाल २३ जना उपचाररत रहेका छन् ।