शितगंगा उद्योग वाणिज्य संघले विपन्न परिवारलाई नि:शुल्क एम्बुलेन्स लगायतका सेवा संचालन गर्ने


अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकामा उद्योग वाणिज्य संघले  अति विपन्न परिवारलाई अस्पताल पुराउन नि:शुल्क एम्बुलेन्स लगायतका सेवा संचालन गर्ने भएको छ । 
शितगंगा  उद्योग  वाणिज्य संघकाे मंगलवार भर्चुअल माध्यमबाट बसेको बैठकले नगरका सबै वार्डका  अति विपन्न परिवारलाई अस्पताल पुराउन निशुल्क: एम्बुलेन्स लगायतका सेवा संचालन गर्ने  निर्णय गरेको हो । 
यस्तै सबै वार्डमा विपन्न परिवारको विवरण संकलन गरिने निर्णय पनि गरेको छ ।    
उता शितगंगा नगरपालिकामा अहिले  ५३ जना कोरोना संक्रमित रहेका छन् । यहाँ जिल्लाका अन्य पालिका भन्दा संक्रमण नियन्त्रणमा रहेको देखिन्छ । 

अन्य समाचारहरु