अर्घाखाँचीका युवा व्यवसायी उमेश घिमिरेद्धारा विपन्न परिवारहरुलाई राहत विवरण


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा विपन्न परिवारहरुलाई युवा व्यवसायी उमेश घिमिरेले राहत  विवरण गरेका छन् । 
नेपाल नेत्र ज्योति संघ जिल्ला शाखाका सचिव तथा युवा व्यवसायी घिमिरेले निषेधाज्ञा कारण रोजिरोटी गुमाएका र दैनिकी चलाउन गाह्रो भएका विपन्न परिवारलाई राहत प्रदान गरेका हुन् । 
घिमिरेले १० घर परिवारको लागि दैनिकी चलाउनको लागि चामल, नुन, तेल, दाल लगायतका खाद्य सामाग्री हस्तान्तरण गरेका थिए । 
घिमिरले समय समयमा सामाजिक कार्य लगायत विपन्न परिवारहरुलाई सहयोग गर्दै आएका छन् । साथै  घिमिरे रेडियो देउराली १०१ मेगाहर्जको सचिव पनि हुन् ।