अशोक खनाल | अर्घाखाँचीडट्कम संवाददाता
पानडाँडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ७ नुवाकोटको पानडाँडा, घोराखरीमा आयुर्वेद स्वास्थ केन्द्र अर्घाखाँचीले कोरोना भाइरस संक्रमितको निवासमै पुगि रोग प्रतिरोधातमक क्षमता वृद्धि गर्ने औषधीहरु वितरण गरेको छ ।
केन्द्रले मंगलबार नुवाकोटको पानडाँडा, घोराखरीमा पुगि रोग प्रतिरोधातमक क्षमता वृद्धि गर्ने औषधिहरु अस्वागन्ध चुर्ण,जेठी मधु चुर्ण , सितोपलादी चुर्ण,गुड्की चुर्ण लगायतका औषधिहरु वितरण गरेको हो ।
केन्द्रका टोलीसंग योग प्रशिक्षक समेत पुगेका थिए । योग प्रशिक्षकले संक्रमितको मनोवल उच्च बनाउन योगा,प्रणायम,ध्यान गर्न प्रशिक्षण दिएका थिए ।
केन्द्रका टोलीसंग केन्द्रका निमित्त प्रमुख कमल प्रसाद आचार्य,बरिष्ठ बैध पशुपति पन्थी भुमिकास्थान नागरिक आरोग्य केन्द कि प्रमुख पञ्च कुमारी थारु, वार्ड ७ का स्वास्थ प्रमुख अहेब बलाराम खनालको उपस्थित रहेको थियोे ।