अर्घाखाँचीडट्कम संवाददाता
धरमपानी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर १० अर्घाको धरमपानीमा कोरोना संक्रमित बिरामीहरुलाई औषधी तथा हर्लिक्स समेत बितरण गरेको छ ।
बुधबार सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कमल प्रसाद भुसाल सहित नगरउपप्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकिय अधिकृत नारायण अर्याल, वार्ड न. १० का वडा अध्यक्ष लक्ष्मी नारायण चुदाली, नगरको स्वास्थ्य टोलीले संक्रमित बिरामीहरुलाइ केही औंषधि तथा हर्लिक्स समेत बितरण गरेको हो ।
अर्घाको धरमपानीमामा बुधबार ३९ जनामा गरिएको परिक्षणमा १२ जना पोजेटिभ संक्रमीत भेटिएका छन् ।
नगरपालिकामा कोभिड – १९ को दोश्रो संक्रमण शुरु भए यता हाल सम्म २९१ जना सक्रिय संक्रमीत भएका छन भने मृत्यु हुनेको संख्या ९ रहेको छ ।
टोलीले रोग प्रतिरोधात्मक क्षमता बढाउन उच्च मनोबल तथा सकारात्मक सोच बनाउन सबैमा अनुरोध समेत गरेको छ।
फोटो: अशोक खनाल