अड्गुरीको झन्द्रेकमा माक्स वितरण तथा चोक-चोकमा हातधुने पानी ट्यांकीको व्यवस्था (फोटो सहित)


प्रकाश प्युठानी
अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घाखाँची पाणिनी गाउँपालिका वार्ड नम्बर ७ अड्गुरीको झन्द्रेकमा जनकल्याण युथ क्लबले माक्स वितरण तथा चोक-चोकमा ट्यांकीमा पानी भरेर साबुन सहित सर्वसाधारणलाई हातधुने व्यवस्था मिलाएको छ । 
अड्गुरीको झन्द्रेकमा जनकल्याण युथ क्लबले बिना माक्स हिड्नेलाई सर्जिकल माक्स वितरण तथा चोक-चोकमा ट्यांकीमा पानी भरेर साबुन सहित सर्वसाधारणलाई हातधुने व्यवस्था मिलाएको हो । 
हातधुने व्यवस्था गाउँमा सबैलाई सचेतनाको लागि गरिएको र सबै लगानी क्लबका सदस्यले आफ्नो लगानीमा गरिएको क्लबका अध्यक्ष सरोज टन्डनले बताए । 
उक्त कार्यमा वार्ड सदस्य नवीन कुमार टन्डन, स्थानिय स्वास्थकर्मी लेख बहादुर सोमैको उपस्थिति रहेको थियो। 
युवाको यो काम उदार्णिय रहेको र आफू क्लबले कुनै सहयोग चाहेमा आफू सधैं तत्पर रहने जनप्रतिनिधि टन्डनले बताए । 

अन्य समाचारहरु