दिपक भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपाल कम्युनिष्ट पार्टी एमालेका स्थायी कमिटि सदस्य तथा संगठन विभाग ईन्चार्ज टोप बहादुर रायमाझीले संविधानको रक्षाका लागी एकजुट हुन अपिल गरेका छन् ।
रायमाझीले बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै नेपालको संघिय लोकतान्त्रीक गणतन्त्रात्मक संविधानको मुल्य, मान्यता र भावना विपरित बिपक्षी गठबन्धनको नाममा दलिय व्यवस्थाको विरुद्ध निर्दलिय व्यवस्था कायम हुनेगरी संविधान विपरित गरिएको दुस्कार्यहरुको घोर भत्र्सना गर्दै संविधानको रक्षाका लागी एकजुट हुन अपिल गरेका हुन् ।
यस्तै विज्ञप्तीमा उनले कोरोनाका कारण ज्यान गुमाउनु हुनेहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै जनतालाई यथाशिघ्र खोपको व्यवस्था गर्नका लागी सरकारसँग माग पनि गरेका छन् ।
विज्ञप्ती यस्तो छ:-
प्रेस विज्ञप्ती
विश्व महामारीको रुपमा फैलिएको कोभिड —१९ को दोस्रो भेरियण्टको संक्रमण बाट ज्यान गुमाउनु हुनेहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछु तथा संक्रमित भई उपचारर्थ हुनुहुनेहरुमा शिघ्र स्वास्थ्यलाभको कामना गर्दछु । आम जनतालाइ बचाउनका लागी स्वास्थ्यका विभिन्न उपायहरु अपनाई जनतालाइ यथाशिघ्र खोपको व्यवस्थागर्नकालागी सरकारसंगअनुरोध गर्दछु ।
यस बिषम परिस्थीतीको समयमा सवै राजनितिक दलहरु कोभिड नियन्त्रणको लागी जुट्नु पर्ने वेलामा नेपालको संघिय लोकतान्त्रीक गणतन्त्रात्मक संविधानको मुल्य ,मान्यता र भावना विपरित बिपक्षी गठबन्धनको नाममा दलिय व्यवस्थाको विरुद्ध निर्दलिय व्यवस्था कायम हुनेगरी संविधान विपरित गरिएको दुस्कार्यहरुको घोर भत्र्सना गर्दछु साथै संविधानको रक्षाका लागी एकजुट हुन सवैलाई हार्दिक अपिल गर्दछु ।
क.टोप बहादुर रायमाझी
स्थायी कमिटि सदस्य तथा संगठन विभाग ईन्चार्ज
नेपाल कम्युनिष्ट पार्टी एमाले