श्याम घिमिरे
सन्धिखर्क, अर्घाखाँची जेठ १२ । अर्घाखाँची जिल्लाका सबै स्थानिय तहमा आयुर्वेद स्वास्थ केन्द्रले कोरोना भाइरस संक्रमितको घरघरमै पुगि रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न मद्दत गर्ने आयुर्वेद औषधिहरु बितरण गरेको छ ।
कोरोना भाइरस संक्रमणको रोकथाम, उपचार तथा नियन्त्रणलाई सहयोग पु¥याउने उद्देश्यले कोरोना भाइरस संक्रमितको निवासमै पुगि आयुर्वेद औषधिहरु वितरण गरेको अर्घाखाँची आयुर्वेद स्वास्थ्थ केन्द्रका निमित्त कार्यालय प्रमुख कमल प्रसाद आचार्यले बताए ।
केन्द्रले रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिहरु यष्ठिमधु चूर्ण,अस्वगन्धा चूर्ण, आमलकी चूर्ण, सितो पलादि चुर्ण,अमृत क्याथ चिया,गुडुचि चूर्ण,तुलसी चिया लगायत अन्य लाक्षणिक उपचारमा आवश्यक पर्ने आयुर्वेद औषधिहरु वितरण गरेको हो । स्थानिय स्वास्थ्य चौकि र स्थानिय तहसंग समन्वय गरेर आफूहरुले काम गरिरहेको आचार्यले बताए ।
केन्द्रले हालसम्म जिल्लाको भुमिकास्थान नगरपालीका,सन्धिखर्क नगरपालीका,शितगंगा नगरपालीका,पाणिनी गाउँपालीका र छत्रदेब गाउँपालीकाका १८५ जना संक्रमितको घरमै पुगी औषधि वितरण गर्नुका साथै ३९८ जना क्वरेन्टीनमा बसेका काेरोना भाइरसका संकास्पदहरु व्यक्तिहरुलाई पनि रोग प्रतिरोधात्मक क्षमता बढाउने आयुर्वेदिक औषधि र जडिबुटी वितरण गरीएको आचार्यले जानकारी दिए ।
केन्द्रले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग काठमाडौंबाट तयार पारिएको प्रोटोकलअनुसार औषधि प्रयोगमा ल्याएको हो । यष्ठिमधु चूर्ण,अस्वगन्धा चूर्ण, आमलकी चूर्ण, सितोपलादि चुर्ण,अमृत क्याथ चिया,गुडुचि चूर्ण,तुलसी चिया, लगायतका औषधिले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकाले यी औषधि प्रयोग गर्न प्रोत्साहन गरिएको आचार्यको भनाई छ । आयुर्वेदिक औषधिको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै तनाव व्यवस्थापनलाई समेत मद्दत पुग्ने आचार्यले बताए ।
औषधि बितरणमा केन्द्रका निमित्त आचार्य सहित बैध निरीक्षक पशुपति पन्थी,योग प्रशिक्षक तथा नेपाल पत्रकार महासंघका अध्यक्ष अशोक खनाल र स्थानिय तहमा रहेका नागरीक आरोग्य सेवा केन्द्रका प्रमुख लगायतको सहभागीता रहेको थियो । औषधि बितरणसंगै योग प्रशिक्षक खनालले संक्रमितको मनोवल उच्च बनाउन योगा,प्राणायम र ध्यान गर्न प्रशिक्षण समेत दिएको कार्यालयले जनाएको छ । औषधिको सेवनले आफुहरुको मनोवल उच्च रहेको र प्रभावकारीता पनि राम्रो रहेको संक्रमितहरुको भनाई रहेको छ ।
कोरोना भाइरसको दोस्रो चरण सुरु भएसंगै जिल्लामा कोरोना संक्रमित थपिनेक्रम बढिरहेको छ ।