चुत्राबेसीबाट धरमपानी-मिनीकाेट-अर्घा भगवती जाने सडकमा धमाधम पिच हुँदै


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित चुत्राबेसीबाट धरमपानी-मिनीकाेट हुँदै अर्घा भगवती जाने सडकमा धमाधम पिच भएको छ । 
निषेधाज्ञाको समय उपायोग गर्दै चुत्राबेसीबाट धरमपानी-मिनीकाेट हुँदै अर्घा भगवती जाने सडकमा धमाधम पिच भएको हो ।
उता सन्धिखर्क नगरपालिकाले चुत्राबेसीबाट धरमपानी मिनीकाेट हुँदै अर्घा भगवती जाने बाटाेकाे निर्माण स्थलमा गई अनुगमन गरेको छ । 
सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कमल प्रसाद भुसाल , उप प्रमुख ठाकुर कुमार बिक, प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल लगायतको टाेलीले अनुगमन गरेको थियो ।

अन्य समाचारहरु