सर्वोच्चले नियुक्ति बदर गरेका उर्जा मन्त्री टोपबहादुर रायमाझीले भने; मन्त्री पदबाट बर्खास्त गरिएको होइेन्


दिपक भुसाल 
काठमाडौं (अर्घाखाँचीडट्कम) । सर्वोच्च अदालतले नियुक्ति बदर गरेका उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले आफुलाई मन्त्री क्वाटर छाडेनन् भन्ने प्रकासित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । 
रायमाझीले सर्वोच्च अदालतको विचाराधीन मुद्दामा अन्तिम फैसलाको रूपमा बुझेर आफुलाई मन्त्री क्वाटर छाडेनन् भन्ने प्रकासित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको बिहीवार एक विज्ञप्ती निकाली बताएका हुन् । 
प्रमुख स्वकीय सचिव लिला जि.सी.ले जारी गरेको विज्ञप्तीमा भनिएको छ; एकपटक मन्त्री बनेका व्यक्ति ६ महिना नपुग्दै पुन: मन्त्री बन्न पाउने कि नपाउने विषयमा सम्मानित सर्वोच्च अदालतको विचाराधीन मुद्दामा तत्काल “मन्त्रीको रुपमा काम नगर्नु नगराउनु” भनी आएको अल्पक़ालीन अन्तरिम आदेशलाई नै अन्तिम फैसलाको रूपमा बुझेर मन्त्रीबाट बर्खास्त गरिएको भनी मनगढन्त रुपमा नेतालाई बदमान गराउने उद्देश्यले सम्प्रेषित समाचार ग़लत रहेको छ।”
साथै विज्ञप्तीमा सत्य तथ्य कुरा नै नबुझी कपोकल्पित ढंगबाट कसैको चरित्रहत्या एवं मानहानि गर्ने उद्देश्यले समाचार सम्पेषण नगर्न संचारमाध्यमलाई अनुरोध गरिएको छ । 
उता गत २०७८ ज्येष्ठ ६ गते विहीवार रायमाझीको पद संविधान र कानुन विपरीत भन्दै सर्वोच्च अदालतले  खारेज गरिदिएको थियो । 
    
विज्ञप्ती यस्तो छ:- 

मिति: २०७८ जेष्ठ १३ गते ।

बर्खास्त गरिएका मन्त्रीहरुले मन्त्री क्वाटर छाडेनन् भन्ने शीर्षकमा केही अनलाईनहरुको भ्रामक समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । एकपटक मन्त्री बनेका व्यक्ति ६ महिना नपुग्दै पुन: मन्त्री बन्न पाउने कि नपाउने विषयमा सम्मानित सर्वोच्च अदालतको विचाराधीन मुद्दामा तत्काल “मन्त्रीको रुपमा काम नगर्नु नगराउनु” भनी आएको अल्पक़ालीन अन्तरिम आदेशलाई नै अन्तिम फैसलाको रूपमा बुझेर मन्त्रीबाट बर्खास्त गरिएको भनी मनगढन्त रुपमा नेतालाई बदमान गराउने उद्देश्यले सम्प्रेषित समाचार ग़लत रहेको ब्यवहोरा अनुरोध छ ।

सत्य तथ्य कुरा नै नबुझी कपोकल्पित ढंगबाट कसैको चरित्रहत्या एवं मानहानि गर्ने उद्देश्यले समाचार सम्पेषण गर्न/गराउने कार्यलाई किमार्थ सही मान्न मिल्दैन । त्यसैले, हामी समयमै सच्चिन र कपोकल्पित समाचार सम्प्रेषण नगर्न/नगराउन समेत आग्रह गर्दछौं ।

लिला जि.सी. 
प्रमुख स्वकीय सचिव